बर्दियामा बाढीका कारण दुई सय ७३ घरधुरी डुबानमा

  ।   २०८० श्रावण ३०, मंगलवार १२:०५

नेपालगन्ज । निरन्तर वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण बर्दियामा दुई सय ७३ घरधुरी डुबानमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार हालसम्म प्राप्त पछिल्लो विवरण अनुसार बर्दिया नगरपालिका-८ को भगतपुरमा आठ, दुधमा ४० र वडा ६ गुलरामा १५ घरधुरी डुबानमा परेको छ ।

यसैगरी, बासगढी नगरपालिका-८ को रेशमपुरमा ६०, वडा ९ को कुनैठीमा १२०, वडा ८ बनगौरीमा ३० घरधुरी डुबानमा परेको छ ।

जसकारण, १८ घरधुरी विस्थापित भएको जिल्ला प्रहरी कर्यालय, बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्राकृतिक विपद्को समयमा  खोज तथा उद्धारमा नेपाली सेना ११, नेपाल प्रहरी ११० र सशस्त्र प्रहरी ४९ जना खटिएको जनाएको छ । (गोरखापत्रबाट)

Next Post

समावेशी प्यानललाई जिताउन एमाले बाँकेको निर्देशन, अटेर गर्ने जोशीलाई कार्वाहीको सिफारिस

२०८० श्रावण ३०, मंगलवार १२:०५
सबिता चन्द नेपालगन्ज । आगामी भदौ २ गते हुन गइरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावलाई लक्ष्यित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले टंकबहादुर धामी नेतृत्वको समावेशी प्यानललाई साथ दिन आफ्ना सम्पूर्ण व्यवसायीलाई निर्देशन दिएको छ। साउन २९ गते लिखित नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्बन्धमा पत्रमार्फत नेकपा एमाले बाँके जिल्ला अध्यक्ष […]