कोरोनाका कारण हालसम्म ८ जना नेपाली पत्रकारको निधन

  ।   २०७८ बैशाख ९, बिहीबार १५:००

संवाददाता, नेपालगंज ।

कोभिड–१९ को महामारी शुरु भएयता नेपालमा हालसम्म ८ जना पत्रकारको निधन भएको छ ।

यही बैशाख महिनामा मात्रै पनि नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको कोरोना संक्रमण भई उपचारका क्रममा निधन भएको हो ।

दाङको घोराही–१७ निवासी ४१ वर्षीय पत्रकार अधिकारीको काठमाडौंमा उपचारका क्रममा वैशाख ७ गते मंगलबार निधन भएको थियो भने झापाबाट पत्रकािरता सुरु गरी हाल काठमाडौंमा पत्रकारिता गरिरहनुभएका मिश्रको वैशाख १ गते राति ४९ वर्षको उमेरमा काठमाडौंस्थित टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

कोरोनाकै कारण यसअघि ६ जना पत्रकारको निधन भएको थियो भने ४ सयभन्दा बढी संक्रमित भएका थिए ।

नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकारद्वय अधिकारी र मिश्रप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै आज प्रेस बिज्ञप्ती जारी गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महासचिव रोसन पुरी द्धारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो केही दिनयता कोरोना संक्रमितको दर दिनानुदिन बढिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।’

Next Post

कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गरौं : नेपाल पत्रकार महासंघ

२०७८ बैशाख ९, बिहीबार १५:००
संवाददाता, नेपालगंज। नेपाल पत्रकार महासंघले संम्भावित जोखिमबाट सञ्चारक्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाइमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका […]

सम्बन्धित शीर्षक