शेयर बजार सामान्य बढ्यो, जलविद्युत् समूहमा हरियाली

  ।   २०७८ श्रावण २४, आईतवार १७:५६

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेकोे छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर तीन हजार एक सय आठ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, फाइनान्सको २२ र उत्पादन समूहको शेयर तीन अङ्कले बढेको छ । होटल, व्यापार, बीमा, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज कर्पोरेट विकास बैंक, अपी पावर कम्पनी, युनिभर्सल पावर, ङादी ग्रुप पावर, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ ।सबैभन्दा धेरै गुमाउनेमा धेरैजसो लघुवित्त कम्पनी रहेका छन् ।

आज दुई सय २७ कम्पनीका दुई करोड ६९ लाख ३९ हजार कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Next Post

एसईईको नतिजाप्रति बोर्डकै अध्यक्ष असन्तुष्ट, भन्छन् : निरक्षरले पनि हाइस्कूलको सर्टिफिकेट प्राप्त गर्छ

२०७८ श्रावण २४, आईतवार १७:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताउनु भएको छ । एसईईको नतिजा सार्वजनिक भएपछि अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभयो । उहाँले शिक्षकलाई सुधारिएका […]