बाँकेमा कोरोना संक्रमित बिरामी निको हुने दर ९२ दशमलव १४ प्रतिशत, तीन हजार ६ सय एक जनामा कोरोना पुष्टि

मृत्यु दर १.०० प्रतिशत

  ।   २०७७ मंसिर १, सोमबार २२:०२

बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय एक पुगेको छ । सोमबार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार तीन सय १८ पुगेको छ ।

अब बाँकेमा दुई सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।

बाँकेमा बिरामी निको हुने दर ९२.१४ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.६० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Next Post

मौसम पूर्वानुमानः देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्ने, सतर्कता अपनाउन आग्रह

२०७७ मंसिर १, सोमबार २२:०२
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको र हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको […]