भोकमरी सुरु भएसँगै राहतका माग्न किसानहरु नरैनापुर पालिकामा

  ।   २०७९ आश्विन ३, सोमबार ०९:१०

बाँके । नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएसँगै सर्बसाधारण नागरिकहरु राहत माग्न नरैनापुर गाउँपालिका जान थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका गएको पीडितले बताएका छन् ।               
नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी सुरु भएको बताइन् । ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’ गाउँपालिका पुगेर कृष्णावतीले अध्यक्ष ईश्तियाक अहमद शाहलाई भेटेर खाद्यान्न ब्यवस्था मिलाईदिन अनुरोध गरेकी थिइन् ।               
कृष्णावती जस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ४ की रिता कलवारको समस्या पनि उस्तै छ । उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ । खेतबारी बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो । भोकमरी सुरुभएपछि गाउँपालिका आउनुको विकल्प नभएको उनले पनि सुनाईन् । ‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ,’ रिताले भनिन् ।         
नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको तथ्यांक छ । सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा अधिकांस किसानको खेतबारी बाँझै रहेका छन् । गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३/३ वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो । गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण गराएका थिए । यसका साथै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना लगायतले पनि स्थलगत निरीक्षण गर्नु भएको थियो ।                         
गाउँपालिका अध्यक्ष शाहले खेती गर्न नपाएका अधिकांस किसानको घरमा भोकमरी सुरु भइसकेको बताउनु भयो । ‘भोकमरीबाट पीडित किसानहरु अहिले ठुलो संख्यामा गाउँपालिका आउने गरेका छन्, मेरो घरमै पुगेर पनि उनीहरुले आफ्नो दुःख सुनाउँछन्,’ शाहले भन्नुभयो ‘संघिय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद कुरा हो ।’ संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उहाँले बताउनु भयो ।

Next Post

संबिधान दिवसको अवसरमा नरैनापुरमा बृक्षा रोपण र सरसफाई गर्दै

२०७९ आश्विन ३, सोमबार ०९:१०
           बाँके । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ ।                                  मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको […]