काठमाडौं । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ।
शुक्रबार काउन्सिलले एक सूचना जारी गर्दै दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्तारमिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो।
काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको हो।
विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने जनाएको हो।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ ९पहिलो संशोधन, २०७४० मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ । -सेतोपाटी