कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

बाँकेमा मृत्यु हुनेको संख्या ४ पुग्यो

  ।   २०७७ भाद्र २, मंगलवार ०६:३६

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँको फोक्सोमा निमोनिया भएको थियो।

ती पुरुषलाई गत साउन ३० मा कोरोना लक्षण देखिएपछि परिवारका सदस्यले साउन ३२ मा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा गरेका थिए।

कोरोनाको लक्षण देखिएपछि अस्पतालले पिसिआर जाँचका लागि स्वाब लिएको थियो। स्वाब लिएको दिनदेखि नै उनको स्वास्थ्यमा खराबी आएको थियो।

ती पुरुषमा सोमवार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो।

Next Post

विस्फोटबाट थलिएको लेबनानमा कोरोना फैलियो

२०७७ भाद्र २, मंगलवार ०६:३६
दुई साताअघि भयानक विस्फोटका कारण थलिएको लेबनानमा एकैदिन ४३९ जना कोरोना संक्रमित थपिएका छन् । ६ जनाको मृत्यु भएको छ। बेरुतस्थित बन्दरगाहमा वर्षौंदेखि भण्डारण गरेर राखिएको एक दुई हजार ७५० टन एमोनियम नाइट्रेड अगष्ट ४ तारिखमा विस्फोट भएको थियो। विस्फोटमा परी २२० जनाले ज्यान गुमाएका थिए भने ६ हजार मानिस […]