‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता हुने

  ।   २०७८ श्रावण १६, शनिबार १४:३९

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ।

नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी तीन सदस्यीय समिति समेत गठन गरेको छ।

अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान समेत गर्नुभयो । नाडाको तीन हजार तीन सय ६५ जना सदस्य रहेका छन्।

२० जना केन्द्रीय कार्य समितिका लागि निर्वाचन हुनेछ। नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका आठ संस्थागत एशोसिएशनका अध्यक्षले स्वतः केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्नेछन्।

त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले गर्नेछ। यसरी नाडाको केन्द्रीय कार्य समितिको संख्या २९ जनाको हुनेछ।

 

Next Post

भ्वाइस अफ नेपालका चार उत्कृष्ट प्रतियोगी छनोट

२०७८ श्रावण १६, शनिबार १४:३९
काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ३ का उत्कृष्ट चार प्रतियोगी छानिएका छन्। शुक्रबार भएको सेमिफाइनलमा चार जना कोचका एक–एकजना प्रतिभा फाइनलका लागि छनोट भएका हुन्। फाइनलमा टिम दीपबाट भारतको दार्जिलिङका आर्यन तामाङ प्रवेश गरेका छन्। उनले बुटवलका गोविन पुनलाई पछि पार्दै फाइनलको यात्रा सुरक्षित गरेका हुन्। […]