विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ अब ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर

  ।   २०७७ मंसिर २३, मंगलवार १६:२८

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । आज दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् ।

नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो ।

आज नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।

सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो । सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो ।

यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।

इकान्तिपुरबाट

Next Post

राप्तीसोनारी ६ नम्बर वडा कार्यालयको काम आफ्नै भवनबाट सञ्चालन

२०७७ मंसिर २३, मंगलवार १६:२८
राप्तीसोनारी (फत्तेपुर) । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ नम्बर वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट काम सञ्चालन गरेको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथी लाहुराम थारूले मंगलबार एक समारोहका बीच उक्त भवन उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिका अन्तर्गतका सबै वडाले अब […]

सम्बन्धित शीर्षक