उद्धारका लागि अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले विवरण टिपाए

  ।   २०७८ भाद्र १, मंगलवार ०७:०३


काठमाण्डौ । अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एकरदुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो।

विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण सङ्कलनको काम थालिएको छ । साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।

अफगानिस्तान घटनाका कारण नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको र त्यसै अनुसार तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृह सचिव टेक नारायण पाण्डेले सीमा नाकामा निगरानी बढाएको बताउनुभयो ।

Next Post

एमाले र जसपा फुटाउन सहज हुने गरि सरकारले अध्यादेश ल्याउँदै, पार्टी फुटाउने षड्यन्त्र क्षम्य हुँदैन : ओली

२०७८ भाद्र १, मंगलवार ०७:०३
काठमाण्डौ । सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको छ । एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढङ्गले अध्यादेश ल्याउन लागिएको बुझिएको छ । सरकारको सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश […]