गुड फ्राइडे मनाउदै ख्रीष्टियन (इसाई) समुदाय

  ।   २०७९ चैत्र २४, शुक्रबार ११:०६

संवाददाता, नेपालगंज ।

नेपाल सहित विश्वभरका ख्रीष्टियन (इसाई) समुदायले आज गुड फ्राइडे (असल शुक्रबार) उत्सव पर्वका मनाउदैछन ।

अग्रेंजी पात्रो अनुसार प्रत्येक बर्ष अप्रिल महिनाको पहिलो शुक्रबारको दिनलाई आधार मानेर गुड फ्राइडे अर्थत असल शुक्रबारको दिन तय गरिन्छ ।

प्रभु येशू ख्रीष्टले सारा मानव जातीको पाप र श्रापलाई बोकेर क्रुसमा बलिदान हुनुभएको दिन गुड फ्राइडे पर्व र पाप, श्राप र शैतानमाथि मानवलाई बिजयी गराउनका लागी बौरि उठ्नु भएको दिनका रुपमा इस्टर सन्डे पर्वलाई ख्रीष्टियन (इसाई) समुदायले लिने गर्छन ।

गुड फ्राइडे र इस्टर सन्डेका दिन घरपरिवार, चर्च (मण्डली) मा मानिसहरु भेला भई आराधना, प्रार्थना सहित आपसमा शुभकामना आदानप्रदान खानपिन गर्ने गरिन्छ ।

Next Post

लुम्बिनी प्रदेश स्तरीय ३ दिने स्कुलिङ सुरु

२०७९ चैत्र २४, शुक्रबार ११:०६
बाँके । नेता कार्यकर्तामा वैचारिक स्तर खस्केको भन्दै नेकपा माओवादी केन्द्रले जनता र कार्यकर्ता लाई प्रशिक्षित गर्नका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सोही अभियान अन्र्तगत माओवादी केन्द्र लुम्बिनी प्रदेश स्कुल विभागले आइतबार देखि ३ दिने स्कुलिङ सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख […]