बाँके युनेस्को क्लबद्धारा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

  ।   २०७८ भाद्र ४, शुक्रबार १२:२९

समाचारदाता

नेपालगन्ज । बाँके युनेस्को क्लबले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।  प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण -प्रोटेक्ट_ परियोजना अन्तरगत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ताबिचका बुझाई र अनुभवहरु एक आपसमा आदान प्रदान गरी साझा बुझाई कायम गर्दै ती समस्या तथा सवालहरुमा जिम्मेवार निकायको ध्यान आकर्षण गर्नका लागी अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकीले बताउनु भयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाका, बैजनाथ गाउपाँलिका वडा नं ८ र खजुरा गाउँपालिका वडा नं ३ मा सम्पन्न गरिएको ती कार्यक्रमहरुमा पालिकाका शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र जेष्ठ नागरिक शाखाका प्रमुख लगायत प्रहरी कार्यलयका प्रतिनिधि र विभिन्न संघ, संस्थाको जिम्मेवार पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोही प्रकारले नगरस्तरीय बालअधिकार समिती र मानव बेचबिखन बिरुद्धको समितीका पदाधिकारी र बालबालिका, युवा, जेष्ठ नागरीक, समुदायका अगुवाहरुको समेत सो संवादमा उपस्थिती रहेको थियो ।अन्तर संवाद कार्यक्रमहरुको सहजीकरण ईन्द्र केसी र शंकर न्यौपानेले गर्नु भएको थियो । संवाद कार्यक्रमहरुमा बिशेष गरी स्थानीय तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा समस्याहरुमा बालबालिका र युवाहरुले आफ्ना धारणा, अनुभव बुझाई राखेका थिए भने त्यस क्षेत्रका जिम्मेवार सरकारी तथा गैर सरकारी निकायहरु, अभिभावक, जेष्ठ नागरिक समाजका अगुवाहरुले पनि सो बिषयमा आफ्ना बुझाई, धारणा र अनुभवहरु राखेका थिए ।संवाद कार्यक्रमबाट फरक फरक बुझाई र अनुभवहरुलाई साझा बुझाईमा परिणत गर्ने कार्य गरिएको, बालबालिकाहरुको सवालहरुमा बजेट लगानी, कार्ययोजना निर्माण तथा कार्यन्ययन गरी ती समस्याहरुको हल गर्ने प्रतिबद्धता समेत जनाईएको बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना अधिकृत महेश नेपालीले बताउनु भयो । सो अवसरमा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाईजर शंकरसिंह थारु र आशा गुरुङ्गको पनि उपस्थिति रहेको थियो ।

Next Post