बाँके । राप्तिसोनारी गाउपालिका वडा नं. ६ को सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सनिवार भएको शिविरमा १ सय १५ जनाको निशुल्क चेकजाँच र उपचार भएको हो । नेपालगन्ज स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ६ को संयोजनमा निशुल्क स्वस्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनु भयो । शिविरमा उपस्थित लक्ष्यित समुहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वस्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएको बताउनु भयो । उहाँले भनुभयो,´गाउपालिकाले पहिला एकपटक शिविरको आयोजना गरेको थियो । तर त्यसपछि यसप्रकारको स्वस्थ्य शिविर हुन सकेको थिएन । तपाईहरुले यस्तो महत्त्वपूर्ण स्वस्थ्य शिविर ल्याएर आउनुभएको लागि धन्यवाद व्यक्त गर्दछु ।` वडा बासीलाई निशुल्क स्वस्थ्य शिविरमा आफ्ना नाक, कान, घाँटी देखाएर मौकाको फाइदा उठाउन अध्यक्ष खरेलले प्रेरित गर्नुभयो । त्यस्तै पत्रकार डा. डक्ट प्रसाद धितालले सहभागी स्वस्थ्यकर्मी र डाक्टर बसेलको टिमलाई धैर्यताका साथ चेकजाँचमा खटिन अनुरोध गर्नु भयो । स्वस्थ्य केन्द्रका प्रमुख तथा नाक, कान, घाँटीका विशेषज्ञ डा. बसेलले सहभागी सेवाग्राही विरामीहरुलाई धैर्य धारण गरेर उपचार प्रक्रियामा संलग्न हुन अनुरोध गर्नु भयो । उहाँले भन्नुभयो ´हामी उपस्थित र आउने सबैको चेकजाँच गरेरै यो ठाउँबाट बिदा हुन्छौं । तपाईहरु बिना संकोच उपचारमा सहभागी हुनुहोस् ।` स्वस्थ्य शिविरमा ५ बर्षका बालबालिका देखि ८० बर्षसम्मका जेष्ठ नागरिकहरु सेवा लिन उपस्थित थिए । वडा ६ का विभिन्न टोलबस्तीका सर्वसाधारणहरु सेवा लिन बिहान ९ बजेदेखि लाइनमा हुनुहुन्थ्यो । ७२ बर्षिय मालती थारुले सो स्वस्थ्य शिविरबाट सोचे भन्दा बढीको सेवा पाएको बताउनु भयो । त्यस्तै ७५ बर्षिय एक जेष्ठ नागरिकले पनि डाक्टर बसेलको टोलीलाई धन्यवाद दिनुभयो । सो सिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लागायत स्थानीय नागरिक अगुवा बिनकुमार घर्ती र शिक्षिका तिला घर्तिको उपस्थिति रहेको थियो ।
Next Post
अपांगलाई स्मार्ट कार्ड दिने देशमै पहिलो पालिका खजुरा: अध्यक्ष तुफान
२०८१ मंसिर १६, आईतवार ०९:४४
सम्बन्धित शीर्षक
-
२०७७ माघ ६, मंगलवार १३:२२
National Gathered of press organizations begins in Kathmandu
-
२०७९ श्रावण २७, शुक्रबार १२:४३
कतार च्यारिटीद्धारा बाँके युनेस्कोमार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग
-
२०७८ मंसिर ११, शनिबार १३:५६
नेकपा माओवादी केन्द्र खुजुराको सम्मेलन भव्य
-
२०७७ भाद्र २, मंगलवार ०७:१५
विस्फोटबाट थलिएको लेबनानमा कोरोना फैलियो
-
२०८० फाल्गुन ३, बिहीबार २१:१५
राष्ट्रिय भूमि आयोग र बाँके डुडुवा गाउँपालिकाबिच सम्झौता
-
२०७८ असार १६, बुधबार ०८:१४
लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि