लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा राजापुर: मन्त्री नमुना

  ।   २०७९ माघ १२, बिहीबार २२:४९

बाँके । बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ । बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमुनाले बताउनुभयो ।

‘लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिम क्षेत्रमा पहिले राजापुर टापुका रुपमा चिनिने अहिलेका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेका छन्’ उहाँले भन्नुभयो, ‘यहाँ रहेका दुवै पालिकाको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’
अन्नको भण्डारको रुपमा चिनिने राजापुर क्षेत्र समेत गुलरिया र नेपालगन्जको पदमा लम्किरहेको बताउँदै मन्त्री नमुनाले अझै गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो । यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । ‘यो क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य विकासको लागि लुम्बिनी सरकार र मेरो व्यक्तिगत रुपमा पूर्ण सहयोग हुन्छ’ मन्त्री नमुनाले अगाडि भन्नुभयो, ‘यहाँबाट योजना ल्याएर आउनुहोला । लुम्बिनी प्रदेश सरकारको तर्फबाट सहयोग हुन्छ ।’

राजापुर क्षेत्रमा कृषिको राम्रो सम्भावना रहेको बताउँदै उनले तीनै तहका सरकारहरु मिलेर किसानहरुको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री नमुनाले व्यवहारिक शिक्षालाई सबै विद्यालयहरुले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । विद्यालय स्तरबाट व्यवहारिक शिक्षा दिन सकिए रोजगारीका धेरै आयाम खुल्ने उहाँले दाबी गर्नुभयो ।
‘देशका धेरै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएका छन्’ मन्त्री नमुनाले भन्नुभयो, ‘यस्ता कार्यक्रम धेरै भन्दा धेरै विद्यालयहरुमा लागू गर्नुपर्छ । प्रदेश सरकारले समेत यसमा लगानी गर्छ ।’ हातमा सीप भए पढाईपछि सहजै रोजगारी र व्यवसाय गर्न सहज हुने उहाँले दाबी गर्नुभयो । राजापुर क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री नमुनाले बताउनुभयो । ‘यहाँ एउटा प्राविधिक शिक्षालयको आवश्यकता देखिन्छ’ उहाँले भन्नुभयो, ‘राजापुर नगरपालिकाले सिफारिस गरेर पठाएको रहेछ । मन्त्रिपरिषद् विस्तार भएपनि प्रक्रिया अगाडि बढाउन भूमिका खेल्छु ।’

Next Post

पत्रकार स्वर्गीय पाैडेलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

२०७९ माघ १२, बिहीबार २२:४९
बाँके । विमान दुर्घटना परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पाैडेलकाे स्मृतिमा काेहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले शुक्रबार १३औं दिनकाे पुण्यतिथिकाे अवसरमा बाँकेकाे काेहलपुरमा श्रद्धाञ्जली सभा आयाेजना गरेकाे थियाे । यहि माघ १ गते पाेखरामा भएकाे विमान दुर्घटनामा पत्रकार पाैडेल सहित ७२ […]

सम्बन्धित समाचार