पत्रकार स्वर्गीय पाैडेलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

  ।   २०७९ माघ १३, शुक्रबार १८:५२

बाँके । विमान दुर्घटना परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पाैडेलकाे स्मृतिमा काेहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले शुक्रबार १३औं दिनकाे पुण्यतिथिकाे अवसरमा बाँकेकाे काेहलपुरमा श्रद्धाञ्जली सभा आयाेजना गरेकाे थियाे ।

यहि माघ १ गते पाेखरामा भएकाे विमान दुर्घटनामा पत्रकार पाैडेल सहित ७२ जनाकाे मृत्यु भएकाे थियाे । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाैडेलकाे स्मृतीमा शुक्रबार देशैभर श्रद्धाञ्जली सभा आयाेजना गरीएकाे थियाे । केन्द्रीय समितीकाे सर्कुलर अनुसार माघ १ गते जिल्ला शाखामा शाेक पुस्तिका समेत राखिएकाे प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले जानकारी दिए ।        पाैडेलकाे सम्मानमा जिल्ला शाखाले १३ दिनसम्म कुनै औपचारीक कार्यक्रम नगरेकाे बताउँदै धितालले १३औं दिनकाे अवसरमा शुक्रबार औपचारीक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरीएकाे जानकारी दिए । पाैडेलकाे निधनले पत्रकारीता क्षेत्रमा ठुलाे क्षति पुगेकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश समितिका सचिव गजेन्द्र गुरूङ, नेकपा (माओवादी केन्द्र) काेहलपुर नगर समितिका अध्यक्ष अवराज खड्का लगाएत सहभागीहरूले मृतक पाैडेलप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Next Post

आयुर्वेद अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविर सम्पन्न

२०७९ माघ १३, शुक्रबार १८:५२
बा“के । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा आमनागरिकहरुले स्वास्थ्य परिक्षण गराएका थिए । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको थियो । अस्पताल परिसर नेपालगन्ज उप–महानगरपालिका वडा वडानम्बर–१० आर्दश नगरमा […]