रेलवे ट्रयाकको ‘स्पीड’ परीक्षण आज

  ।   २०७८ श्रावण ३, आईतवार ०७:४५

काठमाडौं । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ट्रयाकको गति परिक्षण आज हुने भएको छ ।

रेल खरिद गरी ल्याएको दश महिनापछि ‘स्पीड’ परीक्षण गर्न लागिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आज गति परीक्षण गरिनेछ ।

परीक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘स्पीड’ परीक्षण गरिने बताइएको छ ।

आज प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्नेछ । जनकपुरबाट फर्किदा सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्नेछ ।

सरकारले जिटुजी प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।

Next Post

सिरियाको राष्ट्रपतिमा असद पुन नियुक्त

२०७८ श्रावण ३, आईतवार ०७:४५
एजेन्सी । सिरियाको राष्ट्रपतिमा निर्वाचित बसर अल असदले चौथौ कार्यकालका लागि सपथ लिएका छन् । राष्ट्रपति पदका लागि भएको चुनावलाई अवैध भन्दै विपक्षीहरुले बहिष्कार गरेपछि असद भारी मतले विजयी भएका थिए । असदले हिजो राष्ट्रपति भवनमा शपथ लिएका हुन । सपथ ग्रहण समारोहमा सिरियाका प्रभावशालि धार्मिक नेता एवं सिरियाली सेनाका […]