बर्दियाका किशोरी र बालिका शसक्तिकरणका लागि “कला नै शक्ति हो” कार्यशाला सञ्चालन

  ।   २०८२ जेष्ठ २, शुक्रबार ११:१७

नेपालगन्ज, २ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा स्थानीयस्तरमा युवा सहभागिता प्रवद्र्धनगर्न “कला शक्ति हो” बिषयक कार्यशाला सञ्चालन गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला शुरु गरेको हो । उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, भाषण, गायन र लोक युगल गीतहरूमार्फत आफ्नो अन्तर्निहित ऊर्जा, रचनात्मकता, भावना, आवाज र सरोकार व्यक्तगर्न प्रोत्साहित गरेर सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो कार्यशालाको उदघाटन गर्दै प्लान इन्टरनेशनल नेपालकी युवा अभियान कार्यक्रम विशेषज्ञ लक्ष्मी चौधरीले यस्ता कार्यशालाहरुबाट बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई उजागर गर्न मद्दत मिल्ने बताउनुभयो ।

बाँके युनेस्को क्लबका उपनिर्देशक तथा बालिका शसक्त परियोजनाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै यस्ता कार्यशालाहरुको माध्यमबाट समुदाय भित्रका हानिकारक सामाजिक अभ्यासहरूलाई चुनौती दिन र उन्मूलन गर्न सहयोग मिल्ने बताउनु भयो । उहाँले सोही उदेश्य प्राप्तीका लागि यस्ता कार्यक्रम डिजाइन गरिएको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यशालामा गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १६ बालिका तथा युवा क्लबका ३० जना किशोरीहरूको सक्रिय रूपमा सहभागीता रहेको छ ।  सो कार्यशालाको सहजीकरण प्रभात सुवेदी र बालिका चौधरीले गर्दै हुनुहुन्छ भने बालिका शसक्त परियोजनाका कार्यक्रम अधिकृत जनकराम थारु तथा फिल्ड सुपरभाइजरहरु मिनु थारु एवं नग्मा मनिहारले व्यवस्थापनमा सहयोग गर्नुभएको छ ।

Next Post

सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाको क्षमता अभिवृद्धि गर्न राजापुरमा तालिम

२०८२ जेष्ठ २, शुक्रबार ११:१७
नेपालगन्ज । बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका […]

सम्बन्धित शीर्षक