क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण

  ।   २०७७ आश्विन २८, बुधबार ११:३६

डोटी । गत सोमबार राति करिब ९ बजे क्वारेन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहका अनुसार भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएका शाहले जानकारी दिनुभयो ।

स्थानीय केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो । नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताउनुभयो ।

घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिनुभयो ।

शिखर नगरपालिकामा क्वारेन्टिनबाट घर गएकाहरुको पोजेटिभ रिपोर्ट आएको यो दोश्रो घटना हो । यसअघि वडा नं. ३ को आलीअतुरालीमा पनि संक्रमित घर गएको तेस्रो दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

पहिलो पटक सूचनामा अन्यौलताका कारण त्यस्तो भएको भएपनि यस पटक सुरक्षा अभावका कारण यस्तो भएको शाहको भनाई छ । भनेको नमानेर गएपछि स्वास्थ्यकर्मीले रोक्न नसकेको स्वास्थ्य संयोजक शाहले बताउनुभयो । अनलाइन खबर

Next Post

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी

२०७७ आश्विन २८, बुधबार ११:३६
काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयलगायत सरकारकै निकायहरूले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै लकडाउनकै विकल्प अँगाल्न सुझाव दिएका थिए । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी […]