बेल्जियममा लक्षण नभएका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

  ।   २०७७ कार्तिक ११, मंगलवार ०७:०७

एजेन्सी । बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ ।

झण्डै एक चौथाई स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण भैसकेकाले लक्षण नदेखिएकाहरुलाई निरन्तर काम गर्न बेल्जियमका १० अस्पतालले अनुरोध गरेका बीबीसीले जनाएको छ । तर कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले उपचार गर्दा सर्वसाधारणलाई पनि सर्ने जोखिम भने बढेको छ ।

बेल्जियमको पूर्वी शहरमा अहिले ३ मध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । अस्पतालहरुले बिरामी अन्तै पठाउनेदेखि पछि गर्दा हुने शल्यक्रिया सार्न थालेका खबरमा उल्लेख छ ।

Next Post

अमेरिकी विदेश मन्त्री पोम्पेओ भारतमा

२०७७ कार्तिक ११, मंगलवार ०७:०७
एजेन्सी । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आइपुगेका छन्। भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन्। बैठकमा विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ । छलफलमा भारतीय […]