सैनिक जवान किन कुटिए ?

  ।   २०८० कार्तिक २७, सोमबार २०:४७

नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।

राप्तीसोनारी गाउँपालिका-९ उद्दैनमा गएराति साढे १२ बजेतिर स्थानीय केही युवाबिच झडप हुँदा सैनिक जवान कुटिएका हुन् । सैनिक जवानको अवस्था गम्भीर रहेको ढकेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यज्ञ घर्तिले जानकारी दिनुभयो ।

कुटपिटबाट सोही ठाउँका विष्णु खत्री गम्भीर घाइते हुनुभएको प्रसनि घर्तिले बताउनुभयो । घाइते हुनुभएका घर्ति डोटीमा नेपाली सेनामा कार्यरत रहेको र तिहार मान्न विदामा घर आउनुभएको उहाँले जानकारी दिनुभयो ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित शिक्षण अस्पताल ९नर्सिङ होम० मा लगिएको उहाँले जानकारी दिनुभयो । कुटपिटमा परी घाइते हुनुभएका खत्रीको टाउकोमा गहिरो चोट लागेको घर्तिले बताउनुभयो ।

खत्रीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय मनोज खत्री, २४ बर्षीय जीवन खत्री र २५ वर्षीय केशव पुन रहेको प्रसनि घर्तिले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको उहाँले बताउनुभयो । कुटपिटमा संलग्नमाथि अनुसन्धान सुरु गरिएको कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

Next Post

भेरी अस्पतालका विपद वार्ड खाली

२०८० कार्तिक २७, सोमबार २०:४७
नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद) वार्ड खाली भएको छ । भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर उहाँहरुको मात्र उपचारका लागि अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ […]