सिद्धार्थ बैंकको वार्षिकोत्सबमा ४४ पिन्ट रगत संकलन

  ।   २०८० पुष ६, शुक्रबार २०:५२

सबिता चन्द

नेपालगन्ज । सिद्धार्थ बैंक बाँकेका शाखाहरुले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेका छन् । शुक्रबार नेपालगन्जको धमबोझी स्थित शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

केन्द्रिय कार्यालय काठमाडौंमा रहेको सिद्धार्थ बैंकका देशैभरका शाखाहरुले वार्षिकोत्सब आआफ्नै तरिकाले मनाएका छन् । नेपालगन्जमा सिद्धार्थ बैंकका ३ ओटा शाखा मिलेर ४४ पिन्ट रगत संकलन गरेको रेडक्रस रक्तदान कार्यालयका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो । परम्परागत तरिकाले मनाउने गरेको वार्षिकोत्सब कार्यक्रम विगत ३ बर्षदेखि सामाजिक तरिकाले मनाएको बैंकका कर्मचारी निर्मल जैसवालले बताउनु भयो । रक्तदान जीवनदान भएको हुनाले रक्तदान कार्यक्रम गरेको बैंकका कर्मचारीको भनाइ थियो ।

स्वतस्फूर्त तरिकाले रक्तदान गर्न कर्मचारीहरु उत्साहित भएको सो बैंकका कर्मचारीहरुको भनाई थियो। बैंकका कर्मचारी जैसवालका अनुसार विहान ९ बजेदेखि सुरुभएको कार्यक्रम दिउसो १ बजे समापन भयो । रक्तदान जीवनदान गरेकोमा बैंकका अधिकांश कर्मचारी खुसी भएको स्रोतले जनाएको छ ।

Next Post

गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायीको अध्यक्षमा अर्याल चयन

२०८० पुष ६, शुक्रबार २०:५२
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यावसायी एशाेसिएसन नेपाल (RPLA) बाँकेको दोश्रो भेला शुक्रबार नेपालगन्जमा सम्पन्न भएको  छ । भेलाले मोहन विक्रम अर्यालको  नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको छ । अधिवक्ता अर्याल र सचिव गणेशमान केसीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन […]