गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायीको अध्यक्षमा अर्याल चयन

  ।   २०८० पुष ६, शुक्रबार २१:२४

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यावसायी एशाेसिएसन नेपाल (RPLA) बाँकेको दोश्रो भेला शुक्रबार नेपालगन्जमा सम्पन्न भएको  छ । भेलाले मोहन विक्रम अर्यालको  नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको छ ।

अधिवक्ता अर्याल र सचिव गणेशमान केसीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको प्रमुख अतिथि RPLA का केन्द्रिय सचिवालय सदस्य तिर्थराज ज्ञावालीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि ज्ञावाली, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, केन्द्रिय सदस्य, नेत्र प्रसाद पाण्डे र जिल्ला समन्वय समिति संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) लगायतका वक्ताहरूले आआफ्ना मन्तव्य राख्नु भएको थियो ।

माओवादी जिल्ला संयोजक पाण्डेले घरघरमा माओवादी जनजनमा माओवादी अभियान अन्तर्गत विभिन्न कार्यक्रम हुँदै आएको बताउनु भयो ।

Next Post

मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ: मन्त्री शर्मा

२०८० पुष ६, शुक्रबार २१:२४
नेपालगन्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै उहाँले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताउनुभयो […]