त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदै

  ।   २०७७ चैत्र १६, सोमबार ०७:०७
unn.prixa.net

काठमाण्डाै | त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।

बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

Next Post

नागरिकमाथि हवाई हमला पनि गर्न थाल्यो म्यानमारको सेना, शरणार्थी बन्न तीन हजार पुगे थाइल्याण्ड

२०७७ चैत्र १६, सोमबार ०७:०७
एजेन्सी । कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण पनि गर्न थालेको छ। सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै आइतबार थाइल्याण्ड गएका छन्। सेनाले मुट्रअ जिल्लाका पाँच क्षेत्रलाई लक्षित गरी हवाई हमला गरेको थियो। उक्त क्षेत्रमा आदिवासी सशस्त्र समूह रहेको भन्दै […]