नेपालगन्ज । आसन्न मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । बाँके क्षेत्र नं. २(२) मा भने माओवादी केन्द्र तर्फका युवा उम्मेदवार अकल बहादुर बमलाई विभिन्न समुदायका मतदाताले बोलाएरै विगतका चुनावमा अरुलाई मतदान गरियो तर यसपटक भने तपाईंलाई मतदान गर्छौ भनेपछि नेता बमको पक्षमा जन लहर स्वतस्फूर्त तरिकाले बढेको छ ।
बमलाई यतिखेर मतदाता भेट्न भ्याइनभ्याई छ । घरदैलो देखि सामुहिक मतदातामा हात जोडेर आशीर्वाद माग्दै बम हिडिरहनु भएको छ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव भएर काम गर्दै आउनु भएका बमले आफुलाई केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्ने नेताका रुपमा खडा गर्दै हुनुहुन्छ । जनताको सेवाका लागि जेल जीवन समेत बिताउनु भएका बम पहिलो पटक चुनावी मैदानमा होमिनु भएको हो । भाषणमा कसैलाई नछोएरै आफ्नो एजेन्डा राख्न खप्पिस बमले चुनौती दिदै एकपटक जितेर काम गर्न नसके पटकपटक एउटै अनुहार नदेखाउने प्रतिबद्धता समेत मतदाता बीच गर्दै आउनुभएको छ ।
बमको चुनावमा माओवादी एक ढिक्का भएर खडा भएको छ । १४ वटा वाड रहेको बाँके क्षेत्र नं. २(२) का सबै वडाहरुमा उम्मेदवार बमको टोलि घरदैलो अभियानमा पुगिसकेको छ । घरदैलो अभियान कै क्रममा नेपालगन्ज-१० का दिलबहादुर थापाले युवा योग्य उम्मेदवार बम नै यसपटक आफ्नो रोजाइमा परेको बताए । त्यस्तै वडा नं. ९ मा बस्ने शान्ती रम्तेल बताउछिन्, ´सबै अनुहार हेरि सकियो । तर यसपटक माओवादी उम्मेदवार बमलाई नै मतदान गर्ने हो ।` त्यस्तै वडा नं. १ का राजेश परियारले अरुलाई पटकपटक हेरियो तर यसपटक नेता बमलाई हेर्ने हो । यसरी सबै वाडमा बमको चर्चा चलेको छ । नेपालगन्जका सबै समुदायको रोजाईमा नेता बन परेपछि माहोल एकाएक तातिरहेको छ । नेता बम तत्कालीन मध्यपश्चिम खेलकुद बिकास समितिका अध्यक्ष भएर प्रभावकारी काम गर्नु भएका बमको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग राम्रो पहुँच छ । जनयुद्धको समयमा माओवादी सेनाका कमान्डर समेत भैसक्नु भएका बम कुशल नेताका रुपमा चिनिनु हुन्छ । जनताको अधिकारको लागि अग्र मोर्चामा रहेर सामाजिक आन्दोलनमा लाग्नु भएका बम मतदाता देखि सबैलाई रिझाउन खप्पिस हुनुहुन्छ ।
नेता बमको चर्चा जताततै छ । नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यको मृत्युु सँगै नेपालगन्जमा माओवादी नेताको अभाव भएको बेला नेता बम जबर्जस्त रुपमा जनता माझ दिखिनु भएको छ । अहिले नेपालगन्ज बासीले नेता बमलाई अमुल्य मतदान गर्ने सूचना आउन थालेको विभिन्न स्रोतले जनाएको छ ।