मनसुन थप सक्रिय, देशका विभिन्न ठाउँमा भारी वर्षा हुने

  ।   २०७८ श्रावण २९, शुक्रबार ०७:००


काठमाडौं । मनसुन थप सक्रिय हुँदा आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आज दिउँसो पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रका कमजोर पहाडमा पहिरो तथा भू–क्षय र नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

बुधबारबाट मनसुन थप सक्रिय भएको छ ।

Next Post

मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

२०७८ श्रावण २९, शुक्रबार ०७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् […]