बर्दिया अस्पताल गुलरियामा प्रसुती सेवा लिने बढे

बेड अभाव हुन थाल्यो

  ।   २०७७ आश्विन २२, बिहीबार १५:५१

प्रेम विश्वकर्मा, गुलरिया ।
बर्दिया अस्पताल गुलरियामा प्रसुती सेवा लिनेको संख्या बढेको छ । प्रसुती सेवा लिनेहरुको संख्या बढेपछि अस्पतालमा बेड अभाव हुन थालेको छ । चालु आर्थिक बर्षको साउन देखी हाल सम्म ५ सय ५५ जनाले प्रसुती लिएका छन ।

५० बेडको अस्पतालमा प्रसुती तर्फ २१ बेड छुट्टाईएको छ । जसमा ६ बेड प्रसुतीको भर्ना, ८ बेड प्रसुती पछि अवस्थामा राख्ने (न्यु बर्न), ६ बेड अप्रेशन (शल्यक्रिया) र १ बेड क्याबिनका रुपमा रहेको छ ।

अहिले कोभिड–१९ को बढ्दो जोखिमका बेला स्वास्थ्य सुरक्षा सावधानी अपनाउर्दै सुरक्षित (सुत्केरी) प्रसुती सेवा दिई राखीएको अस्पतालले जनाएको छ ।

बर्दिया अस्पतालका इन्डोर इन्चार्ज देवी ज्ञवालीले कोभिडका कारण बाहिरी जिल्लाबाट पनि प्रसुती सेवा लिन आईरहेका छन ।

तर अस्पतालमा भौतिक संरचनाको अभाव, जनशक्ति र सिमित स्रोत साधानले सेवाग्राहीको अपेक्षा अनुसार सेवा प्रवाह हुन नसकेको बताउनुभयो । उहाँले सके जति राम्रो सेवा उपलब्ध गराउने प्रयास भएको बताउनुभयो ।

प्रसुती सेवा लिन आउनेहरु मध्ये ३ महिनाको अवधिमा १ सय २० जनाको अप्रेशन (शल्यक्रिया) गरिएको जानकारी दिनुभयो । अस्पतालमा सुत्केरीलाई स्वास्थ्य अवस्था अनुसार कम्तीमा १२ घण्टामा सम्म राख्ने गरिएको छ ।

कोभिड–१९ को जोखिम बढिरहेकाले अस्पतालमा अहिले १४ बेड प्रीआइसोलेसन र २ बेड आइसोलेसन तयार पारिएको छ ।

बर्दिया अस्पताल गुलरिया जिल्लाको एक मात्र ठुलो सरकारी अस्पताल हो । उपचार हुन नसकेका बिरामीहरु यहाँबाट बाँकेको नेपालगंज लगायतका ठाउँमा रिफर भई जाने गर्छन ।

#बर्दिया #अस्पताल #गुलरिया  #सुत्केरी

Next Post

पुर्व पश्चिम राजमार्ग २ घण्टा सम्म किन बन्द ?

२०७७ आश्विन २२, बिहीबार १५:५१
नेपालगन्ज । राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर कुसुम सडक खण्डको अगैयामा २ घण्टा चक्काजाम गरेका छन् । राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीम्उष्मा जेभीले काम पुरा गर्नुको साटो उल्टै विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि […]

सम्बन्धित समाचार