पुर्व पश्चिम राजमार्ग २ घण्टा सम्म किन बन्द ?

किसानहरुको हातमा कालो झण्डा ठेकादरालाइ कार्वाहीको माग

  ।   २०७७ आश्विन २२, बिहीबार १७:१४

नेपालगन्ज । राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर कुसुम सडक खण्डको अगैयामा २ घण्टा चक्काजाम गरेका छन् । राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीम्उष्मा जेभीले काम पुरा गर्नुको साटो उल्टै विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि स्थानीय आक्रोशित हुदै कोहलपुर कुसुम सडक खण्डको अगैयामा डेढ घण्टा चक्काजाम गरेका हुन ।

राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर करिव ९ वर्ष सम्म काम नगरी योजनालाई अलपत्र पारेको भन्दै निर्माण कम्पनी श्री गौरीपार्वती श्रीउष्मा जेभी र निर्माण कम्पनी सञ्चालकलाई कारवाहिको माग गरेका छन् ।
संविधानसभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिको नेतृत्वमा प्ले कार्ड सहित सडकमा उत्रिएका स्थानीयहरुले समयमा काम पुरा नगर्ने ठेकेदार कम्पनीले विद्युत विस्तारमा अवरोध सृजना गरेकाले कडा विरोध जनाएका थिए । २०६९ सालमा राप्तीसोनारीको बैजापुर र साबिकको नरैनापुरको वडा नम्बर ४ मा विद्युतिकरणको काम गर्ने जिम्मा लिएको श्री गौरीपार्वती श्रीमउष्मा जेभी कम्पनीले हालसम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्द गरेपछि सो कम्पनीले विद्युत प्राधिकरण विरुद्ध तुलसीपुर उच्च अदालत नेपालगञ्ज इजलासमा मुद्दा हालेको छ।
विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीउष्मा जेभीले ८ करोड ७० लाखमा ठेक्का लिएको उक्त निर्माण कम्पनीको लापरवाहीका कारण स्थानिय जनताले विद्युतबाट बञ्चित रहनु परेकोले सो ठेक्का रद्द गर्नु परेको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

साबिकको बैजापुर गाबिसको वडा नम्बर ३ र ४ तथा नरैनापुरको वडा नम्बर ४ मा पुर्णरुपले विद्युतिकरणको काम गर्ने भनि २०६९ सालमा राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्वती श्रीम उष्मा जेभी कम्पनीले ठेक्का लिएको थियो ।

संघर्ष समितिका संयोजक तथा संविधान सभाका सदस्य पट्टु थारुले विकासको काममा अवरोध गर्ने अधिकार कसैलाई पनि नभएको जनाउँदै सम्मानित अदालतले पनि जनताको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

यसअघि पनि ३३ केभिए प्रशारण लाइनको काममा अवरोध सृजना गरेपनि अदालतले जनताको पक्षमा फैसला गरेको थियो । तत् पश्चात विद्युत प्राधिकरणले सुईया बघौडासम्मको आफै विद्युतीकरणको काम पुरा गरेको थियो ।

Next Post

७ बोरा छोकडा सहित १३ बोरा केराउ प्रहरी नियन्त्रणमा

२०७७ आश्विन २२, बिहीबार १७:१४
नेपालगन्ज । बाँकेको डुडुवा गाउपालिका १ पिप्रहवामा प्रहरीले ७ बोरा छोकडा सहित १३ बोरा केराउ नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली भारत लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो । प्रहरीले बरामद गरेको छोकडा र केराउ नेपालगन्ज भन्सार कार्यालय पठाएको छ । सो […]