नेपालगन्ज १ का वडा अध्यक्ष रिजाल द्वारा प्लाज्मा दान

  ।   २०७७ भाद्र १५, सोमबार १६:२३

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आज सोमबार प्लाज्मा दान गर्नुभएको छ । अध्यक्ष दाहालले प्लाज्मा दान गरे संगै भेरी अस्पताल नेपालगन्जले कोभिड १९ का गम्भीर बिरामीहरुको लागि प्लाज्मा थेरापी द्वारा उपचार गर्ने सेवा शुरु गर्ने भएको हो ।

अध्यक्ष रिजालले आफुलाई कोभिड १९ पोजेटिभ भएर कोरोना मुक्त भई १४ दिनको अबधि पार गरिसक्नु भएको छ । रिजालले कोरोनाबाट मुक्त भए लगतै प्लाज्मा दान गर्ने प्रतिबद्धता पहिलै ब्यक्त गर्नु भएको थियो ।

कुनै व्यक्तिलाई कोभिड १९ कोरोना संक्रमण पुष्टि भई १४ दिन आइसोलेसन बसेर निको भए पश्चात् अरु १४ दिनपछि आफ्नो रगत कोभिड १९ का गम्भीर बिरामीहरुको लागि दान गर्न सक्ने बिज्ञहरुले बताउदै आउनुभएको छ ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी भनिन्छ । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु विशेषज्ञहरुले बताउनु हुन्छ । यो विधि सफल हुने नहुने अझै निश्चित छैन तर सफल हुनेमा विशेषज्ञहरुको दाबी छ ।

 

Next Post

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२०७७ भाद्र १५, सोमबार १६:२३
काठमाडौं । आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उहाँले बताउनुभयो […]