कोरोना जित्नेको लहर बढ्दो प्रदेश सांसद नमुना संगै २८ जना डिस्चार्ज हुँदै

  ।   २०८० जेष्ठ १२, शुक्रबार ०७:०४

सविता चन्द

नेपालगञ्ज : बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट ५ नम्बर प्रदेश सांसद कृष्णा केसी नमूना लागाएत २८ जनाले आज बिहिवार कोरोना जितेर घर फर्किने हुनुभएको छ । १३ जना महिलासहितका २८ जनाले कोरोनालाई जितेर घर फर्किन लाग्नु भएको फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

२८ जना डिस्चार्ज हुनेहरुमा अधिकाँश नेपालगञ्जका रहेका हुनुहुन्छ भने यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फर्की सक्नुभएको छ ।

बाँकेमा अन्य जिल्लाका समेत गरि ७६६ जना कोरोना संक्रमित हुँदा ४९६ जना कोरोना जितेर घर फर्किसकेको अवस्था छ । हाल २६६ जना सक्रिय संक्रमित रहनु भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाइ सक्नु भएको छ ।

Next Post

गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई नरैनापुर गाँउपालिकाको अनुरोध

२०८० जेष्ठ १२, शुक्रबार ०७:०४
नरैनापुर १२ जेष्ठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए […]