प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई हरायो : अंक तालिकाको दोस्रो स्थानमा

  ।   २०७७ मंसिर ८, सोमबार ०७:१०


एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले हराएको छ ।

आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १–० र एभर्टनले फुलह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेका छन् । अर्को खेलमा आर्सनल र लिड्स युनाइटेड बराबरी खेलेका छन् ।

Next Post

सरकारी कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक

२०७७ मंसिर ८, सोमबार ०७:१०
काठमाण्डौ । सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ । बहालवाला सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हुँदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको हो । संघीय मामिला तथा […]