बद्रीविक्रम वाङमय पुरस्कारबाट डा. गैरे र अभिलाषी सम्मानित

  ।   २०८० आश्विन २०, शनिबार २१:२९

नेपालगन्ज । कर्मयोगी बद्रीविक्रम थापाको नाममा स्थापित ‘कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०’ बाट साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मानति हुनुभएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई सम्मानित गरिएको हो । कर्मयोगी बद्री विक्रम थापाको नाममा स्थापित ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०’ बाट डा. गैरे र ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार–२०८०’ बाट कवि नवीन अभिलाषी जनही नगद राशी २० हजार पाँच रुपियाँको पुरस्कारले सम्मानित गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गोरखापत्रका पूर्व प्रधानसम्पादक साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पश्चिमक्षेत्र साहित्यप्रतिको लोभलाग्दो सक्रियताले आफुहरूलाई थप उर्जा मिलेको बताउनुभयो । उहाँले कर्मयोगी बद्रीविक्रम थापा जहाँ–जहाँ आफ्नो कार्यको सिलसिलामा रहनु भयो त्यही जिल्लामा साहित्यलगायतका सेवासम्बन्धि काममा पुरस्कार स्थापना गर्दैआएको बताउनुभयो ।

प्राज्ञ सनत रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिँदै साहित्यको उन्नयनमा प्रतिष्ठानले गर्दैआएको अभियानले आफ्नो युवावस्थाको जोश, सक्रियता सम्झाएको बताउनुभयो । उहाँले पश्चिम नेपालको साहित्यको केन्द्रका रूपमा कोहलपुरको साहित्य रहेको पनि बताउनुभयो । कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले यसरी हरेक पटक साहित्यको कार्यक्रम सहभागी हुन पाउँदा आफू र साहित्यानुरागीको रूपमा कोहलपुर चिनिएको खुशी व्यक्त गर्नुभयो । उहाँले यस पटकको बजेटमा साहित्यको विकासका लागि रकम विनियोजन गरेको बताउँदै वाङ्मय प्रतिष्ठान गठनका लागि आफुहरू छलफलमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू सृजन लम्साल, डा. जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, प्रकाश मरासिनी, ईश्वरीप्रसाद रिजाल, कल्पना खरेल, सन्तोषी विष्टलगायत साहित्यानुरागीको उपस्थिति थियो।

Next Post

नयाँ दिल्ली रुटको यात्रुवाहक बसबाट अवैध सामान बरामद

२०८० आश्विन २०, शनिबार २१:२९
सिराज खान नेपालगन्ज । नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट प्रहरीले करिब ५ लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतको नयाँ दिल्लीबाट नेपालगन्ज आउँदैगरेको ना ६ ख २५६२ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले ४ लाख ६८ हजार रुपियाँ बराबरको भन्सार […]

सम्बन्धित शीर्षक