बाल विवाह न्यूनिकरण गर्न बाँसगढीमा मावि तहका शिक्षकलाई अभिमुखिकरण

  ।   २०७९ फाल्गुन १०, बुधबार १८:४२

संवाददाता, नेपालगंज ।

बाल विवाह र यसका कानूनी प्रावधान तथा विद्यालयको बार्षिक योजनामा अतिरिक्त क्रियाकलापको सुनिश्चिता सम्बन्धि शिक्षकहरुलाई अभिमुखिकरण गराईएको छ ।

“बाल विवाह, चाँडै हुने विवाह तथा जबरजस्ती गरिने विवाह रोकथाम परियोजना” मार्फत बाँके युनेस्को क्लबले बाँसगढी नगरपालिकाको शिक्षा शाखा सँग समन्वय गरी नगरभित्रका सबै माध्यामिक बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण गराएको हो ।

शिक्षकहरुको थप क्षमता विकास गरी सचेतना फैलाउन सहयोग गर्ने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

यही फागुन ८ र ९ गते सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा बाँसगढी नगरपालिकाका नगरउपप्रमुख ईन्दिरा चौधरीको समेत उपस्थिती रहेको थियो ।

Next Post

नेपालगंज उपमहानगरपालिकामा पनि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुरु

२०७९ फाल्गुन १०, बुधबार १८:४२
संवाददाता, नेपालगंज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले पनि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो । ‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम […]