पवन कुमार चौधरी, नेपालगंज ।
बाँकेको खजुरा गाउँपालिकाको केन्द्र वडा नम्बर ४ वागेश्वरीबाट हेरफेर गरी वडा नम्बर ३ बागमति नगरमा कायम गर्न स्वीकृति दिईएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा यही चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णाय गरेको हो ।
यसैगरी डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र वडा नम्बर ३ ढाँडगाउँबाट हेरफेर गरी वडा नम्बर ४ को कागकोटमा कायम गर्न स्वीकृति दिने निर्णाय भएको हो ।