चितवनमा ५ महिने बालकलाई पनि कोरोना, थप ५२ जनामा संक्रमण

  ।   २०७७ भाद्र ११, बिहीबार ०६:४९

चितवन । चितवनमा ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।

चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्। उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थिए।

यसअघि लामो समय संक्रमण शून्य भएको माडी नगरपालिकामा फेरि ९ जना कोरोना पोजेटिभ देखिएको छ।

माडीमा ५ महिने बालक पनि छन्। वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन्।

पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। लकडाउन खुलेपछि पहिलोपटक संक्रमण पुष्टि भएको हो।

त्यस्तै, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।

उनीहरूमध्ये एक जनाले क्यान्सर अस्पताल भरतपुर र अर्काले रत्ननगरबाट स्वाब दिएका थिए ।

तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

त्यसैगरी चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।

प्रयोगशालाका इन्चार्ज डा. नविनकुमार चौधरीकाअनुसार भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ।

रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरू १४ देखि ५३ वर्षसम्मका छन्। सेतोपाटी

Next Post

कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल

२०७७ भाद्र ११, बिहीबार ०६:४९
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका– ४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ । भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो । भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल […]