कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल

  ।   २०७७ भाद्र ११, बिहीबार ०९:०१

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका– ४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ ।

भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो ।

भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल गर्नु परेको वडा अध्यक्ष बमको भनाइ छ ।

दुवातल गाउँ सिल गरिएसँगै गाउँमा भएका सबैको पीसीआर परीक्षणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना, हप्ता दिनको लागि ओपीडी सेवा बन्द

२०७७ भाद्र ११, बिहीबार ०९:०१
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकको रिपोर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताउनुभयो । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई […]

सम्बन्धित समाचार