मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

  ।   २०८२ पुष १, मंगलवार २२:४२

सम्बाददाता

नेपालगन्ज । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।

मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो ।

तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयन विषयमा छलफल तथा व्यवहारिक अभ्यास गराइएको क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले बताउनुभयो ।

उहाँले सहभागीहरूले विद्यालय तहमा अपांगता भएका बालबालिकाको समयमै पहिचान र अभिलेखीकरणमा आफूहरू अझ स्पष्ट र सक्षम भएको बताएको पनि जनाउनुभयो ।
‎तालिममा सहभागी पालिकाका शिक्षा शाखा प्रतिनिधिहरूले विद्यालयस्तरमा समावेशी शिक्षा कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।

सहभागी सबैले तालिमबाट प्राप्त सीप र ज्ञानलाई आ–आफ्नो विद्यालयमा व्यवहारमा उतार्दै अपांगता भएका बालबालिकाका लागि सुरक्षित, पहुँचयोग्य र समावेशी शैक्षिक वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिमको समापनमा बोल्दै मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले यसै वर्षदेखि अपांगता भएका बालबालिकालाई प्रत्यक्ष सहयोग प्रदान गर्न थालिने घोषणा गर्दै नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूको पोषण अवस्थाबारे जानकारी दिनुभयो । साथै उहाँले बालविवाह निवारण कार्यक्रमप्रति नगरपालिकाको दृढ प्रतिबद्धता पनि दोहो¥याउनुभयो ।

समापनमा मधुवन नगरपालिकाकी उपमेयर चौधरी, रवीन्द्रनाथ थारू, दीपक माझी, बाँके युनेस्को क्लबका उपनिर्देशक लामिछाने र परियोजना अधिकृत विजय शर्माले संयुक्त रूपमा १५ वटा विद्यालयका प्रधानाध्यापक तथा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल पर्सनहरूलाई सहभागिता प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रमभरि मधुवन नगरपालिकाकी फिल्ड सुपरभाइजर मिनु चौधरीको महत्वपूर्ण सहयोग रहेको थियो ।

Next Post

बर्दियाका दुई पालिकामा कार्यक्रमको संयुक्त अनुगमन

२०८२ पुष १, मंगलवार २२:४२
सम्बाददाता नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपसँग सहकार्य गर्दै बर्दियाको मधुवन नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा संयुक्त अनुगमन सम्पन्न गरेको छ । अनुगमन भ्रमणको मुख्य उद्देश्य कार्यक्रम अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गर्नु, लाभग्राहीहरूको सन्तुष्टि बुझ्नु तथा स्रोत साधनको […]