जिल्ला अदालतमा दुनियाँवादी देवानी प्रकृतिका मुद्दाको सङ्ख्या धेरै

एक न्यायाधीसले ५ सय भन्दा बढी मुद्दा हेर्नुपर्ने अवस्था

  ।   २०८० भाद्र २७, बुधबार १५:३७

  • प्रेम विश्वकर्मा, बाँके ।

आम नागरिकको न्यायका लागि ढोका ढक–ढकाउने पहिलो निकाय भनेकै जिल्ला अदालत हो । तर यहाँ पनि अपर्याप्त जनशक्ति, सिमित स्रोत साधानका कारण सेवाग्राहीको अपेक्षा अनुसार समयमा न्याय प्राप्त हुन सकेको छैन ।

बाँके जिल्ला अदालतको आर्थिक बर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन अनुसार जम्मा ६ हजार ९ सय ४५ वटा मुद्दा मध्ये ३ हजार ७ सय १५ वटा मुद्दाको टुगों लागेको छ ।

यसैगरी ३ हजार २ सय ३० वटा मुद्दाको जिम्मेवारी चालु आर्थिक बर्षका लागि सरेको छ । र ३ हजार ६ सय भन्दा बढी मुद्दा थप भएका छन । यसरी अदालतमा विशेष गरी पारिवारिक विवाद अन्तर्गत सम्बन्ध विच्छेद, अंश वन्डा, खाना खर्च सम्बन्धीका मुद्दा वार्षिक रुपमा बढी दर्ता हुने गरेका छन ।

यसैगरी सम्पत्ति अन्तर्गत जग्गा, लेनदेन, लिखत बदर, ज्यान सम्बन्धि कसूर अन्तर्गत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, करणी सम्बन्धी कसूर अन्तर्गत जवरजस्ती करणी, चोरी तथा डाँका कसूर अन्र्तगत साधारण चोरी, ठगी, मानव बेचविखन, लागुऔषध, सवारी ज्यान वा अंगभंग वा घाईते भएको कसूर सम्बन्धीका मुद्दा धेरै दर्ता भएका छन ।

विस्तृत रुपमा तथ्याङ्क हेर्न यो PDF फाइलमा जानुहोस । COURT DATA

न्याय सम्पादन प्रक्रिया :

बाँके जिल्ला अदालतमा खासगरी दुई किसिमका मुद्दाहरु आउने गरेका छन, पहिलो फौजदारी र दोस्रो देवानी प्रकृति । अदालतमा पुगेका मुद्दाहरुलाई विशेष गरी ३ वटा मार्गमा फछ्यौट  गर्ने गरी कार्य विभाजन गरिएको छ ।

जसमा सरल मार्ग (सरल प्रकृति) का मुद्दा, जसलाई समयमा म्याद, तामेली हुन सक्ने, मुद्दाका पक्षहरुको सङ्ख्या कम भएका मुद्दा भए ६ महिना भित्र फछ्यौट हुन्छ । यसैगरी सामान्य मार्ग अनुसारका मुद्दाहरु १ बर्षमा फछ्यौट हुन्छन । भने विशेष प्रकृतिका मुद्दा, जसमा धेरै प्रतिवादीहरुको सङ्ख्या भएको, म्याद तामेली गर्न समय लाग्ने, सबुत–प्रमाणहरु बुझ्नलाई समय लाग्ने छ, भने १८ महिना भित्र फछ्यौट हुन्छ । र कुनै पनि मुद्दालाई दुई बर्ष नकटाउने रणनितिक योजना र हालका प्रधान न्यायाधीसको निर्देशन पनि भएकाले सोही अनुसार बाँके जिल्ला अदालतले प्रयास गरिरहेको उल्लेख छ ।

जनशक्ति, सिमित स्रोतको अभाव र विभिन्न कठिनाईहरुका बीच पनि बाँके जिल्ला अदालतको सेवा प्रवाह लक्ष्य नजिक रहेको छ । १ जना न्यायाधीसको जिम्मामा ५ सय वटा मुद्दा हेर्नेुपर्ने मापदण्ड रहेपनि बाँके जिल्ला अदालतमा भने थोरै बढी मुद्दा हेर्नुपर्ने अवस्था छ । अहिले ८ जना न्यायाधीसको दरवन्दी भएकोमा जम्मा ७ जना मात्र न्यायाधीसहरु उपलब्ध हुनुहुन्छ । यसैगरी १२ जना अधिकृतको दरवन्दी भएकोमा अहिले ५ जना मात्र उपलब्ध हुनुहुन्छ ।

  • बाँके जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) सरोजनिधी वाग्ले । 

अदालतबाट प्रदान गरिने न्याय सम्पादन प्रक्रिया छिटो, छरितो र सहज र व्यवस्थित बनाउन नेपाल बार एशोसिएशन, स्थानीय प्रशासन, नेपाल प्रहरी, स्थानीय तह लगायत सम्पूर्ण सरोकारवाला निकायहरु सँग समन्वय गरी उपलब्ध स्रोत साधानको बढी भन्दा बढी, अत्याधिक प्रयोग गरी सेवा प्रवाह गर्ने प्रयास गरिएको छ ।

यसैगरी सूचना प्रविधिको बढी भन्दा बढी प्रयोग गरी न्याय सम्पादन प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन थालिएको छ । जसअनुसार मुद्दाका पक्षहरुले आफनो मुद्दाको अवस्था के भईरहेको छ, भनेर अनलाइन मार्फत नै जानकारी लिन सक्छन । यदी मोबाइल नम्बर उपलब्ध गराईएको छ, भने मुद्दाको पेशी, मुद्दाको अवस्थाका बारेमा मोबाइलमै जानकारी प्राप्त हुन्छ । र म्याद तामेलीलाई पनि समयमा, छिटो, छरितो सम्बन्धीत पक्षलाई जानकारी दिने प्रयास गरिएको छ ।

सामान्य ब्यक्ति, लक्षित समुह, सेवाग्राहीले पनि सहजै बुझ्न सकोस भनेर फैसला, आदेशको पुर्णपाठहरु केही कानुनी प्राविधिक शब्दहरु बाहेक नेपाली भाषामै लेख्ने थालिएको छ । पहिलेको तुलनामा अहिले बुँदागत रुपमा फैसला, आदेशका पुर्णपाठहरु आउने गरेको छ । यसमा पनि केही सुधार, सरल बोलीचालीकै भाषामै अदालतका फैसला, आदेशका पुर्णपाठहरु लेख्नुपर्छ, भन्ने मान्यतामै बाँके जिल्ला अदालत रहेको छ । तर छिमेकी देश भारत सहितका मुुलुकको अभ्यास भने न्यायिक क्रियाकलाप, कागजपत्रहरु अग्रेंजी भाषामै हुने गरेको छ ।

अदालतका फैसला, आदेशहरु कार्यान्वयन भए, नभएको बारेमा समिक्षा सहित मासिक रुपमा नै प्रतिवेदन तयार गर्ने गरिएको छ । फैसला, आदेश कार्यान्वयका लागि अदालतमा छुट्टै प्रहरी दस्ता, कर्मचारीको समुह पनि रहेको छ । र स्थानीय प्रशासनलाई पनि नियमित जानकारी गराउने गरिएको छ ।

(बाँके जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) सरोजनिधी वाग्ले सँग रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जले गरेको कुराकानीमा आधारित ।)

  • न्याय, सम्पादन प्रक्रिया सँग जोडिएका थप समाचार हेर्नुहोस ।

सशस्त्र द्वन्द्व सँग सम्बन्धित ४३० वटा उजुरी माथि अझै छानविन, अनुसन्धान हुन बाँकी (अडियो) सहित

Next Post

भेरी अस्पतालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु

२०८० भाद्र २७, बुधबार १५:३७
संवाददाता, नेपालगंज । भेरी अस्पताल नेपालगंजमा आजदेखी एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) लगाउन शुरु गरिएको छ । आज नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन जंग रायमाझी लगायतको उपस्थितिमा खोप […]