भेरी अस्पतालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु

  ।   २०८० भाद्र २७, बुधबार १७:०३

संवाददाता, नेपालगंज

भेरी अस्पताल नेपालगंजमा आजदेखी एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) लगाउन शुरु गरिएको छ ।

आज नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन जंग रायमाझी लगायतको उपस्थितिमा खोप लगाउन शुरु गरिएको हो ।

यो खोप १४ बर्ष पुरा भई १५ बर्ष ननाघेका किशोरीहरुलाई यही भदौं ३० गतेसम्म निशुल्क रुपमा लगाईदैछ । खोप बिहान १० बजेदेखी अपह्न्न ४ बजेसम्म लगाईनेछ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्र, जन्मदर्ता, अथवा उमेर खुल्ने अन्य कागजातहरु साथमै बोकेर जानुपर्नेछ ।

Next Post

डुडुवामा दिपशिखाको नेतृत्वमा बन्यो महिला संघ (क्रान्तिकारी)

२०८० भाद्र २७, बुधबार १७:०३
नेकपा माओवादी केन्द्रको यही भदौ १६ गतेबाट देशैभर एकसाथ सञ्चालनमा आएको ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पालिकास्तरीय कमिटी गठन गरिएको छ । दिपशिखा दाहाल बिष्टको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल महिला […]

सम्बन्धित शीर्षक