खजुराका विभिन्न वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि शिविर सञ्चालन हुने

  ।   २०८० असार ६, बुधबार १६:३८

संवाददाता, नेपालगंज ।

सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेले भोली असार ७ गतेदेखी खजुरा गाउँपालिका अन्र्तगत रहेका वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि शिविर सञ्चालन गर्ने भएको छ ।

जस अनुसार असार ७ गते खजुरा गाउँपालिका वडा नम्बर १ र ३ मा शिविर सञ्चालन हुनेछ । यसैगरी वडा नम्बर २ र ८ मा असार ८ गते, वडा नम्बर ४ र ५ मा असार ११ गते, वडा नम्बर ६ र ७ मा असार १२ गते शिविर सञ्चालन हुने अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

 

#पाठेघर तथा #स्तन_क्यान्सर #शिविर

Next Post

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डा. पाण्डे "थारु रत्न" बाट पुरस्कृत

२०८० असार ६, बुधबार १६:३८
संवाददाता, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे पुरस्कृत हुनु भएको छ । थारु समुदायमा रहेको सिकलसेल एनिमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै थारु आयोगले डाक्टर पाण्डेलाई “थारु रत्न” पुरस्कारबाट सम्मानित गरेको हो । आयोगको चौथो स्थापना दिवसको अवसर पारेर […]