परीक्षण गरिएका मध्ये झन्डै २४ प्रतिशतमा कोरोना पुष्टि, सक्रिय सङ्क्रमित ३० हजार नाघे

  ।   २०७८ श्रावण १४, बिहीबार १९:२४

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार पाँच सय ५५ जनाको पीसीआर र चार हजार ६ सय ८७ जनाको एन्टिजेन गरी १४ हजार दुई सय ४२ जनाको नमुना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा सङ्क्रमण देखिएको हो ।

यो कुल परीक्षणको २३ दशमलव ६२ प्रतिशत हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।

यस्तै थप एक हजार तीन सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार चार सय ४५ पुगेको छ ।

यही अवधिमा थप १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय सात पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि ३० हजार नाघेको छ । सङ्क्रमित थपिने क्रम बढेको र निको हुनेहरू कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ३० हजार तीन सय ९० पुगेको छ ।

Next Post

जसपाले भदौ १ देखि मङ्सिर २९ सम्म सङ्गठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

२०७८ श्रावण १४, बिहीबार १९:२४
काठमाण्डौ । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० को बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ । बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता […]

सम्बन्धित शीर्षक