जुम्लाका उद्यमी दीर्घ आचार्यद्वारा काठमाडौंमा उद्योग स्थापना, दर्जनौँलाई रोजगारी

सानो व्यवसायबाट सुरु गर्नुभएको उद्यमशील यात्रा औद्योगिक उत्पादनसम्म, शुभेक्षा इन्डस्ट्रिजमार्फत गलैँचा, म्याट्रेस र डस्ना उत्पादन

  ।   २०८३ कार्तिक १४, शुक्रबार १८:०८

सबिता चन्द

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका–१ निवासी उद्यमशील व्यक्तित्व दीर्घ आचार्यले काठमाडौंमा गलैँचा, म्याट्रेस, डस्नालगायतका सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्नुभएको छ । उहाँले शुभेक्षा इन्डस्ट्रिज प्रा.लि. स्थापना गरी औद्योगिक उत्पादन तथा व्यवसाय विस्तारको क्षेत्रमा महत्वपूर्ण पहल गर्नुभएको हो ।

साना व्यवसायबाट अनुभव, सीप र व्यावसायिक ज्ञान हासिल गर्दै औद्योगिक क्षेत्रमा लगानी गर्ने साहसिक निर्णय लिनुभएका आचार्यको प्रयास प्रशंसनीय रहेको छ । उहाँले स्थापना गर्नुभएको उद्योगमार्फत दर्जनौँ जनशक्तिलाई रोजगारी प्रदान गर्दै दैनिक हजारौँ थान सामग्री उत्पादन गर्न सक्ने क्षमताको प्रतिस्पर्धी कारखाना सञ्चालन गर्नुभएको छ ।

रोजगारी तथा अवसरको खोजीमा गाउँबाट सहर र विदेशतर्फ जाने प्रवृत्ति बढिरहेका बेला आफ्नै लगानी र मेहनतबाट स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना तथा उत्पादनमूलक व्यवसाय विस्तारमा जुट्नुभएका आचार्यले सकारात्मक उदाहरण प्रस्तुत गर्नुभएको छ ।

जुम्लाको सिंजाबाट काठमाडौं पुगेर उद्यमशीलताको क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएका उहाँको यो प्रयासले स्वदेशमै केही गर्न चाहने युवा तथा नयाँ उद्यमीहरूलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।

शुभेक्षा इन्डस्ट्रिज प्रा.लि.मार्फत उत्पादित सामग्रीको बिक्री–वितरण, संकलन तथा आवश्यक सामग्री उत्पादनका लागि व्यावसायिक सहकार्य गर्न इच्छुक व्यक्ति, व्यवसायी तथा संस्थाहरूलाई उहाँले सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

Next Post

समाचार लेखेकै कारण पत्रकारमाथि प्रहरी हस्तक्षेप, प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

२०८३ कार्तिक १४, शुक्रबार १८:०८
सम्बाददाता काठमाडौं । न्यायालय तथा राज्यका निकायसँग सम्बन्धित विषयमा समाचार प्रकाशन गरेकै कारण पत्रकारमाथि प्रहरीले गरेको हस्तक्षेपका घटनाले नेपालको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ । नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरी सञ्चारगृहको कार्यालयमा पुग्नु तथा नेपाल प्रेसका पत्रकार विश्वमणि […]

सम्बन्धित शीर्षक