येशूको पुनस्र्त्थान दिवस चर्चमा मनाउदै

  ।   २०८० चैत्र १८, आईतवार १९:५८

नेपालगन्ज । नेपाललगायत विश्वका क्रिस्चियन धर्मालम्बीहरुले आज आइतबार इस्टर सन्डे पर्व मनाउँदैछन् । इस्टरलाई इसाई समुदायले क्रिसमस पछिको दोस्रो ठूलो चाडका रुपमा मनाउने गर्दछन् ।

येशू क्रूसमा टाँगिएको र मृत्युको सम्झना गर्दै गुड फ्राइडे मनाइन्छ भने गुड फ्राइडेको तेस्रो दिन अर्थात् अर्को आइतबार येशू ख्रीष्ट पुनः जीवित भएका थिए । जसले गर्दा मानिसहरु खुशीले रमाएका थिए । यसै दिनको सम्झना गर्दै येशूको पुनरुत्थानको स्मरण गर्दै इस्टर सन्डे मनाइन्छ । येशू ख्रीष्ट पुनः जीवित भएको घटनाको सम्झनामा इसाई धर्म मान्ने मानिसहरुले इस्टर सन्डे मनाउने गरेका छन् । एक हप्ता पहिलेदेखि नै इस्टर सण्डे चर्चहरुमा धुमधामका साथ मनाउने गर्छन् । येशू ख्रीष्ट पुनस्र्त्थान भैसकेपछि ४० दिनसम्म आफ्ना चेलाहरुलाई उपदेश दिएको पवित्र धर्मग्रन्थ बाइबलमा उल्लेख गरिएको छ । ४० दिनपछि स्वर्ग गएको वाइवलमा उल्लेख गरिएको छ । जसारी पुनस्र्त्थान भयो त्यसरी नै फेरि आफ्ना जनहरुलाई लिन आउने जनविश्वास रहेको छ ।

गोष्पल एसेम्बली चर्च नेपालगन्जका रेभरेन्ड पाष्टर केबी बसेलले येशूले मर्नु अघि सबैलाई क्षमा गरेर मानिसको पापको प्रायश्चित गर्नको लागि क्रूसमा आफ्नो रगत बगाएको बाइबलमा उल्लेख भएको बताउनुभयो । येशूलाई क्रूसमा टाँगिएको दिनलाई गुड फ्राइडे भनिन्छ । दुई दिनपछि येशू फेरि जीवित भएर यसले मानिसहरुमा नयाँ आशा जगायो र परमेश्वरप्रति उनीहरुको विश्वासलाई बलियो बनाएको मानिन्छ । यसै दिनलाई इस्टर सन्डे भनिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजभन्दा २ हजार वर्ष अगाडी मानिसको रुपमा परमेश्वरले आफ्नो एकल पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो र येशू ख्रीष्टले संसारका मानिसहरुको सेवा गर्नुभयो । अनि सबै दुःख कष्ट र पापबाट छुट्कारा दिलाउन आफ्नो जीवन क्रूसमाथि बलिदानी गर्नुभएको दिन अर्थात् तत्कालीन रोमी शासकले येशूमाथि गरेको निर्दयी निर्मम कुरुरतापूर्ण ज्यादती र अत्याचारको स्मरण नै गुड फ्राइडे हो ।
येशू ख्रीष्ट हाम्रो निम्ती शुक्रबारको दिनमा मारिनुभयो, असल शुक्रबार अर्थात् गुड फ्राइडे । शनिबार चिहानमा गाडिनुभयो र आइतबार बौरी (बाँचेर) उठ्नुभयो । अर्थात् इस्टर सन्डे । यो दिनलाई इसाई समुदायले महत्वपूर्ण दिनका रुपमा मान्दै आएका छौं ।’ उहाँले भन्नुभयो ।

गोष्पल एसेम्बली चर्चमा आइतबार बिहानै इसाई धर्मालम्बीहरु जम्मा भएर एक आपसमा शुभकामना साटासाट गर्दै मिठो खानेकुरा एक अर्कामा बाँडुचुँडी खाएर प्रभु येशूको आराधना, संगती तथा प्राथना गरेर उहाँको महिमा तथा प्रशंसा गर्दै विविध कार्यक्रमसहित इस्टर सन्डे मनाइएको बस्यालले बताउनुभयो ।

Next Post

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस्ः प्रधानमन्त्री

२०८० चैत्र १८, आईतवार १९:५८
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका […]