नेपालगन्जको भेरीमा डाक्टर थापा मेडिकल सुपरिटेन्डेन्ट

  ।   २०८१ असार २२, शुक्रबार १६:३८

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी डा. प्रकाश थापालाई दिइएको छ ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सक हुनुहुन्छ ।

अस्पतालमा यसअघि प्रमुख मेसु डा.पवनजंग रायमाझी हुनुहुन्थ्यो ।

यसअघि दुई पटक मेसुको जिम्मेवारी सम्हालिसक्नु भएका डा. थापाले कोरोनाकालमा बिरामीको उपचार तथा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा हुँदै आएको छ ।

Next Post

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो 'शेफ नेपाल'

२०८१ असार २२, शुक्रबार १६:३८
काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो […]