ज्ञानेन्द्र शाहीको अभिब्यक्तिलाई लिएर आलोचना भएपछि अन्तः माफी

  ।   २०७७ भाद्र ८, सोमबार १७:४३

विभिन्न बिषयलाई उठाएर बेला बखत चर्चामा आइरहने ज्ञानेन्द्र शाहीले नेपाली इसाइ समुदाय सँग माफी माग्नुभएको छ ।

सामाजिक संञ्जाल फेसबुक (अनुहार पुस्तिका) मार्फत आज एउटा सन्देश लेख्दै शाहीले माफी माग्नुभएको हो ।

ज्ञानेन्द्र शाहीले केही दिनअघि नेपालको राष्ट्रिय झन्डा जलाइनुमा इसाइको हात र प्रभाव रहेको भन्दै सार्वजनिक अभिब्यक्ति दिनुभएको थियो ।

त्यसपछि शाहीको अभिब्यक्तिलाई लिएर नेपालमा आलोचना शुरु भयो । र अन्तः शाहीले आफनो बुझाईमा कमी कम्जोरी भएको, आफु कुनै जात, धर्म, सम्प्रदायको पक्षमा नभएको भन्दै माफी माग्नुभएको हो ।

उहाँले सामाजिक, सद्भाव र एकताका लागी पनि अपिल गर्नुभएको छ ।

-ज्ञानेन्द्र शाहीको फेसबुक नोट यस्तो छ, हेर्नुहोस ।

 

Next Post

के मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ?

२०७७ भाद्र ८, सोमबार १७:४३
काठमाडौं । कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना […]