नेपालगन्जमा हामीलाई बैशाखी चाहिदैन माओवादी केन्द्र उपमहानगर अध्यक्ष : शाही

  ।   २०७८ चैत्र १३, आईतवार १८:०६

नेपालगन्ज ।

नेकपा नेपालगन्ज उपमहानगरपालिका भित्रको चुनावी अभियानमा बोल्दै उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले यसपटकको निर्वाचनमा हामीलाई कसैको बैसाखी नचाहिने बताउनु भयो ।

आइतबार साझ भएको प्रशिक्षण कार्यक्रममा नगर अध्यक्ष शाहीले नेपालगन्जका कम्तिमा पनि १४ वटा वडा जित्ने घोषणा गर्नु भयो । अध्यक्ष शाहीले चैत्र २५ गते सम्म मेयर, उपमेयर लगायत २३ वटै वडाका वडा अध्यक्षको उम्मेदवार घोषणा गरिसक्ने खुलासा गर्नु भयो ।

नगरका २३ वटै वाडका वडा अध्यक्ष, इन्चार्जलाई प्रशिक्षण दिदै अध्यक्ष शाहीले भन्नुभयो,´ साथीहरू लाग्नु होस । हामीलाई हार्ने छुट छैन । त्यसैले साथीहरू हामी १४/१५ वडा सजिलै जित्ने छौँ ।` त्यस्तै नगर सचिब प्रेम शाहले अब आराम गर्ने समय छैन ।  बैशाख ३० पछि मात्र आराम गरौला भन्दै उत्साहित बनाउनु भयो ।

Next Post

शाखा अधिकृत प्रथम पत्रको परीक्षा स्थगित

२०७८ चैत्र १३, आईतवार १८:०६
संवाददाता । २६ चैतमा निर्धारित लोकसेवा आयोगको शाखा अधिकृत प्रथम पत्रको परीक्षा स्थगित भएको छ । लोकसेवा आयोगले आज एक विज्ञप्ति निकाल्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जानकारी गराएको छ । आयोगले सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्न परीक्षा स्थगित गरिएको आयोगका उपसचिव एक नारायण […]

सम्बन्धित शीर्षक