देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, सुदूरपश्चिमबाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना

  ।   २०७८ श्रावण २०, बुधबार ०७:२४


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल नेपालमा मनसुनी वायु सक्रिय रहेको छ ।

Next Post

म्रिस्तीखोलाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादनमा समस्या

२०७८ श्रावण २०, बुधबार ०७:२४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको छैन। आयोजनाले गत असार ३ देखि व्यवसायिक विद्युत् उत्पादन थालेको हो। ‘हाइड्रो हब’ का रुपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण भएको आयोजनाको पूर्ण उत्पादन ४२ मेगावाट भए पनि विद्युत् प्राधिकरणको प्रशारण क्षमता […]

सम्बन्धित समाचार