सार्वजनिक संस्थानलाई नाफामा लैजाने गरी तयारी गर्न अर्थ मन्त्रीको निर्देशन

  ।   २०७८ श्रावण २१, बिहीबार ०७:१७

काठमाण्डौ । अर्थ मन्त्री जनार्दन शर्माले सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा आज बुधवार अर्थ मन्त्री शर्माले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिनुभएको हो ।

के–कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरूलाई नाफामा लिन सकिन्छ ? के–के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुस्, मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नेपाल सरकारको ६ खर्ब रुपैयाँ लगानी रहेको सार्वजनिक संस्थानहरूले ३० हजार रोजगारी पनि सिर्जना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको बताउनुभयो । नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानसमेत नोक्सानीमा रहेको भन्दै उहाँले सुधारका लागि नीतिगत परिवर्तनको आवश्यकतामा जोड दिनुभयो ।

सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थान ४४ वटा रहेका छन् । यसमध्ये २४ वटा कम्पनी सामान्य नाफामा छन् भने १८ वटा घाटामा रहेका छन् ।

Next Post

नेता नेपालले बैठक बोलाएपछि एमालेले भन्यो : विधान विपरीत गतिविधिमा नलाग्नू

२०७८ श्रावण २१, बिहीबार ०७:१७
काठमाण्डौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज केन्द्रीय कमिटी बैठक नबोलाइएको बताउनुभएको छ । नेता नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएपछि एमालेले आज पार्टीको तर्फबाट बैठक नबोलाइएको स्पष्ट पारेको […]