नेता नेपालले बैठक बोलाएपछि एमालेले भन्यो : विधान विपरीत गतिविधिमा नलाग्नू

  ।   २०७८ श्रावण २१, बिहीबार ०७:२०

काठमाण्डौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज केन्द्रीय कमिटी बैठक नबोलाइएको बताउनुभएको छ । नेता नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएपछि एमालेले आज पार्टीको तर्फबाट बैठक नबोलाइएको स्पष्ट पारेको हो ।

तामाङले निकालेको वक्तव्यमा लेखिएको छ : ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र यस गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले यस गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’

Next Post

'बुस्टर डोज' लगाउने तयारी गरिरहेका धनी देशलाई हतार नगर्न डब्ल्यूएचओको आग्रह

२०७८ श्रावण २१, बिहीबार ०७:२०
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेका बताउनुभयो । उहाँले आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप […]