कोहलपुरको प्रतिवोध एफएमले गर्‍यो एम्बुलेन्सको संचालन

  ।   २०७८ असार ४, शुक्रबार ००:३०

बाँके । बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत खरीद गरीएको एम्बुलेन्सको बिहिबार एक समारोहका बिच उद्घाटन गरीएको छ ।

प्रदेश साँसद उषा र कोहलपुर नगरपालिकाका मेयर लुटबहादर रावतले संयुक्त रुपमा एम्बुलेन्सको उद्घाटन गर्नु भएको हो । उद्घाटन शत्रमा बोल्दै साँसद उषाले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको दलित सेवा संघद्धारा संचालित प्रतिवोध एफएमलाई साँसद विकास कोष अन्तर्गत १५ लाख रकम उपलब्ध गराएको बताउनु भयो । विपदको समयमा अत्यावश्यक देखिएको एम्बुलेन्स संचालनकालागि एफएमले माग गरे बमोजिम आफुले बजेटको ब्यवस्थापन गरीदिएको बताउँदै उषाले जनस्तरमा प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने गरी एम्बुलेन्स सेवा संचालन गर्न आग्रह गर्नु भयो । पछिल्लो ३ वर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा जनताले प्रत्यक्ष महशुस गर्ने गरी विकास निर्माणका उल्लेख्य कार्यहरु भएको बताउँदै साँसद उषाले सामाजिक गतिविधिमा सबैले आफ्नो स्तरबाट भुमिका खेल्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर रावतले संचार क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै आएको प्रतिवोध एफएमले स्वास्थ्य क्षेत्रमा समेत टेवा पुर्याउने गरी एम्बुलेन्स सेवा संचालनमा ल्याएको प्रति खुसी ब्यक्त गर्नु भयो । उहाले कोहलपुर नगरपालिकाले समेत विभिन्न चरणमा एम्बुलेन्स संचालनको प्रयास गरेपनि सफल हुन नसकेको भन्दै विशेष गरी नगरभित्रका जेष्ठ नागरीक तथा गर्भवतीहरुलाई लक्षित गर्दै सेवा प्रवाह गर्न आग्रह पनि गर्नु भयो ।दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी विकले विगतदेखी नै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको प्रतिवोध एफएमले आफ्नो क्रियाशिलतालाई थप परिस्कृत गर्दै लगेको बताउनु भयो । दलितका हक अधिकारको सवालमा आवाज उठाँउदै आएको दलित सेवा संघ मार्फत संचालित प्रतिबोध एफएम सबैको साझा मञ्चका रुपमा स्थापित हुँदै गएको विकको भनाई थियो ।
प्रतिबोध एफएम संचालक समितिका अध्यक्ष बुद्ध सुनारले एम्बुलेन्स संचालन आफैमा गाह्रो प्रक्रिया भएपनि सबै पक्षको सहयोगले एम्बुलेन्स सेवा संचालन गर्न सफल भएको बताउनु भयो । एम्बुलेन्स खरीद तथा संचालन प्रक्रियामा प्रदेश साँसद, कोहलपुर नगरपालिका र नगर स्वास्थ्य शाखाबाट प्रयाप्त सहयोग प्राप्त भएको भन्दै सबैप्रति कृतज्ञता ब्यक्त गर्नु भएको थियो । उहाले आवश्यकताको आधारमा न्युनतम सेवा शुल्क लिएर सेवाग्रामीलाई सेवा दिन आफुहरु तत्पर रहेको समेत बताउनु भयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, नगर स्वास्थ्य कार्यालय कोहलपुरका प्रमुख अनिल सेन ठकुरी लगाएतको उपस्थिती थियो ।

Next Post

३० चर्चका मुख्य पास्टर विश्वकर्माको अन्त्यष्टी सम्पन्न

२०७८ असार ४, शुक्रबार ००:३०
बर्दिया । बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नं. ९ बनगाइ नयाँ जीवन चर्चका पास्टर गंगा बहादुर विश्वकर्माको शुक्रबार अन्त्यष्टी कार्य सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाका ३० वटा चर्चका मुख्य पास्टर (धर्मगुरु) समेत रहनु भएका विकलाइ आफ्नै चर्चको कम्पाउण्डमा अन्तेष्टी गरिएको हो । असार ३ गते मेडिकल कलेज कोहलपुरमा […]

सम्बन्धित शीर्षक