युवतीहरूकालागि रोजगारी सिर्जना गर्ने कार्यक्रम उत्कृष्ट छ – पूर्वमन्त्री नमुना

  ।   २०८१ चैत्र १३, बुधबार १३:२३

नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बताउनुभयो ।अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको सराहना गर्नुभयो ।

उहाँले यस्ता सिपमूलक र रोजगारी सिर्जना गर्ने तालिमहरु ग्रामिण क्षेत्रमा बढी भन्दा बढी हुनुपर्ने जनाउँदै त्यसका लागि प्रदेस सरकारलाई आफुले पनि अनुरोध गर्ने बताउनुभयो । बाँस हस्तकला तालिममा सहभागि १४ जना युवतीहरूले कुर्सी, टेबल, बस्ने स्टुल, बच्चाको झुला र पूजा गर्ने टोकरी जस्ता विभिन्न बाँसका वस्तुहरू बनाउँदै सो तालिम लिइरहेका छन् । तालिम समापन भएपछि उनीहरूले गरेको उत्पादनलाई बिक्रीको लागि बजारसँग जोडिने कार्य गरिने बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो तालिमको उद्देश्य बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्त समाजमा सम्मानजनक जीवन बिताउन युवतिहरुलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्न रोजगारी सिर्जना गर्नु रहेको अध्यक्ष तुलाधरले बताउनुभयो ।
उक्त तालिमको प्रशिक्षकमा विकास चौधरी रहनु भएको क्लबले जनाएको छ ।

Next Post

गुडन्युजकर्मी गुरुङ सम्मानित

२०८१ चैत्र १३, बुधबार १३:२३
गुडन्युज राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनका अवसरमा गुरुङ उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको हो । लुम्बिनी प्रदेशबाट उत्कृष्ट पत्रकारका रुपमा ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट उहाँलाई सम्मान गरिएको हो । गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेश […]